Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सवै पालिकामा कृषि मेला

१ सय ५३ कृषक सम्मानित
tribeni2

रुकुम पश्चिम / कृषि विकास कार्यालय रुकुम पश्चिमले जिल्लाका सवै स्थानीय तहमा कृषि मेला सम्पन्न गरेको छ । सोमबार जिल्लाको आठबिसकोट नगरपालिकामा कृषि मेला प्रदर्शनी सम्पन्न भएसँगै जिल्लाका छ वटै स्थानीय तहमा कृषि मेला प्रदर्शनी सम्पन्न भएको हो ।

पालिका स्तरिय कृषि मेलाको जिल्लाका करिव दश हजार माथी कृषकहरुले अवलोकन गरेको कृषि विकास कार्यालयका निमित्त प्रमुख मिनबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि मेलाको अवसरमा १ सय ५३ जना कृषकहरु सम्मानित भएका छन । कृषि मेलामा विभिन्न ६ वटा विधा अन्तर्गतका कृषि बाली उत्पादनहरु प्रदर्शनीमा राखिएको थियो भने उत्कृष्ट कृषकहरुलाई पुरस्कार प्रदान समते गरिएको थियो ।

मेला प्रदर्शनीमा खाद्यान्न बाली, दलहन बाली, तरकारी बाली, फलफूल बाली, मसला तथा नगदे बाली र विविध बाली अन्तरगत विभिन्न प्रकारका कृषि वस्तुहरु राखिएको प्रमुख केसीले बताउनुभयो ।
गाउँमै आफ्नो उत्पादन कृषि मेला प्रर्दशनीमा राखेर सम्मानित हुन पाउँदा खुसी लागेको बाँफिकोट गाउँपालिका वडा नम्बर २ का कृषक प्रताप पौडेलले बताउनुभयो । गाउँघरमै भएको कृषि मेला प्रर्दशनीले कृषकहरुलाई थप हौसला प्रदान गरेको पनि पौडेले उल्लेख गर्नुभयो ।

यो भन्दा अघिल्ला वर्षहरुमा जिल्ला स्तरिय कृषि मेला प्रर्दशनी गरिएपनि यो वर्ष भने दुरदराजमा रहेका कृषकहरुको उत्पादनलाई मध्यनजर गरेर पालिका स्तरिय कृषि मेला प्रर्दशनी गरिएको हो । कृषि विकास कार्यालयका अनुसार निर्वाहमुखी कृषिबाट व्यावसायिक कृषि पेशामा लाग्न उत्प्रेरित गर्ने र कृषि पेशालाई प्रवर्द्धन गर्न उद्देश्यले मेला प्रदर्शनी राखिएको हो ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्