Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रयोगविहिन भएपछि कर्मचारी मिलन केन्द्रको भवन जिर्ण

tribeni2

रुकुम पश्चिममा रहेको कर्मचारी मिलन केन्द्रको भवन प्रयोगविहिन हुँदा जिर्ण बन्दै गएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका १ मा रहेको कर्मचारी मिलन केन्द्रको कार्यालय विगत केहि वर्ष यता प्रयोगविहिन अवस्थमा रहेको छ ।

कुनै समयमा जिल्लास्तरका कार्यक्रमहरुको लागी मुख्य कार्यक्रमस्थल रहेको कर्मचारी मिलन केन्द्र हाल जिर्ण बनेको छ । मिलन केन्द्रको भवन र शौचालय जिर्ण अवस्थामा रहेको हो ।

यस विषयमा कर्मचारी मिलन केन्द्रका अध्यक्ष मोहन केसीले हिजो सोमबार मात्र मिलन केन्द्रको बैठक बसेर भवनको मर्मतसम्भार तथा सञ्चालनको लागि निर्णय भएको जानकारी दिनुभयो । प्रयोगविहिन भएकोले जिर्ण बनेको उक्त भवनलाई प्रयोगमा ल्याउन मर्मत गर्ने र मिलन केन्द्रको नाममा रहेको जग्गामा तारबार गर्ने उहाँले बताउनुभयो ।

जग्गा छुट्याउनको लागि नापी कार्यालयको सहयोग मागिएको समेत उहाँले जनाउनुभयो । बैठकले विकासे तथा सहयोगी कार्यालयहरुलाई मर्मतको लागि सहयोग गरिदिन अनुरोध गर्ने निर्णय भएको समेत जानकारी दिनुभयो ।

उहाँका अनुसार लामो समयदेखि जिल्लामा सक्रिय रहेको कर्मचारी मिलन केन्द्र केहि समय निश्क्रिय भएपछि २०७२ सालमा जिल्ला प्रशासन कार्यालयमा नयाँ टिमका साथ दर्ता भएको थियो । कर्मचारीहरुको एकता, हक हितको संरक्षणका लागि स्थापना भएको कर्मचारी मिलन केन्द्रले केन्द्रको नाममा रहेको सम्पत्ति सदुपयोग गर्ने समेत जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्