Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जोखिममा रहेका र विपन्न बालबालिकालाई सहयोग प्रदान

२०७९ पुस १९
tribeni2

रुकुम पश्चिम / जिल्लाको सानीभेरी गाउँपालिकाले जोखिममा रहेका एवम् विपन्न अवस्थाका बालबालिकालाई सहयोग प्रदान गरेको छ ।

गाउँपालिका अन्तर्गतको स्थानीय बाल अधिकार समितिको निर्णय अनुसार गाउँपालिकाका ६ जना बालबालिकालाई आर्थिक सहयोग प्रदान गरिएको हो ।

बाल अधिकार अधिकृत मानविर ओलीका अनुसार वडा नम्वर १ का एक बर्षिय रितिक रोकायलाई नगद १२ हजार, वडा नम्वर २ का ८ वर्षिया कमला पुन मगरलाई २० हजार, वडा नम्वर ३ का १७ वर्षिय गौरव बिकलाई १२ हजार सहयोग प्रदान गरिएको छ । गौरव क्यान्सबाट पीडित रहेका छन् ।

त्यसैगरी वडा नम्वर ३ का ६ महिनाका सुशान्त बिकलाई १२ हजार, वडा नम्वर ३ कै ११ बर्षिय अर्जुन ओलीलाई ६ हजार र वडा नम्वर ११ का १२ बर्षिय दिपक केसीलाई १२ हजार नगद सहयोग गरिएको छ ।

बालबालिकाहरुको पारिवारीक र आर्थिक अवस्था रहेर उक्त रकम उपलब्ध गराईएको स्थानीय गाउँ बाल अधिकार अधिकृत ओलीले जानकारी दिनुभयो ।

मंगलबार गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले बालबालिका तथा उनीहरुका आफन्तलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरण गर्नुहुँदै गाउँपालिका अध्यक्ष बिष्टले स्थानीय सरकार जनताकै साथमा रहेकोले समस्यामा परेकाहरुको सहयताका लागि तयार रहेको बताउनुभयो ।

गाउँपालिकाको उक्त सहयोगको बालबालिकाको शैक्षिक, स्वास्थ्य तथा पालनपोषणमा सहयोग पुग्ने विश्वास रहेको अध्यक्ष बिष्टले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १९:०१
प्रतिक्रिया दिनुहोस्