Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विपद् व्यवस्थापन समितिका पदाधिकारीलाई सरसफाई तथा स्वच्छता सम्बधि तालिम

२०७९ पुस १९
tribeni2

रुकुम पूर्व / रुकुमकोटमा खानेपानी, सरसफाई तथा स्वच्छता (वास) सम्बधि ३ दिने तालिम सुरु भएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ) नेपालको आर्थिक तथा रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमको प्राविधिक सहयोगमा जिल्लाको विपद् व्यवस्थापन समितिका पदाधिकारीलाई आपतकालिन समयमा वास सम्बन्धी तीन दिने तालिम सञ्चालन गरिएको छ ।

विपदका बेलामा खानेपानी, सरसफाई तथा स्वच्छतालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा जानकारीका साथै विपद व्यवस्थापनमा योजना निर्माणमा मद्धत पु¥याउने उद्धेश्यले तालिम आयोजना गरिएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र के. सी. ले जानकारी गराउनुभयो । के. सी. ले विपदजन्य घटनाहरु जुनसुकै समयमा पनि आईपर्ने हुँदा त्यतिबेलाको समयमा वास सम्बन्धिका समस्याले थप विपद निम्त्याउने हुदा यसको व्यवस्थापनका लागि के गर्न सकिन्छ भन्ने बारेमा जानकार हुन आवश्यक रहेको बताउनु भयो ।

आज मंगलबारबाट सुरु भएको र आगामी २१ गते सम्म चल्ने बताईएको छ । तालिमको पहिलो दिन आज विपद सम्बन्धि क्षेत्रगत निकाय र सरकारको दस्ताबेज, विपदको समयमा खानेपानी, सरसफाई तथा स्वच्छता (वास) को महत्व र यसको गुणस्तरका बारेमा प्रशिक्षण गराईएको थियो । तालिमको प्रशिक्षण युनिसेफका शोभा राणा र रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र के. सी. ले गर्नु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तुलाराज सुनुवारको अध्यक्षतामा उद्धघाटन गरिएको तालिममा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा ३ वटै गाउँपालिका प्रमुखहरुका साथै जिल्लास्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधीहरु, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन रुकुमेली समाज विकास केन्द्रका नरेन्द्र ओलीले गर्नु भएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  २०:०१
प्रतिक्रिया दिनुहोस्