Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेमा कक्षा ८ को पाठ्यपुस्तक तयारीका लागि समिति गठन

२०७९ पुस १९
tribeni2

रुकुम पूर्व / सिस्ने गाउँपालिकाले कक्षा ८ को पाठ्यपुस्तक निर्माणको लागि तयारी सुरु गरेको छ । मङ्गलबार गाउँपालिकाले पाठ्यपुस्तक लेखनका बिषयमा बैठक समेत सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षतामा बसेको बैठकले पाठ्यपुस्तक लेखनका लागि १४ सदस्यीय समिति निर्माण गरेकाे छ । चन्द्रबहादुर मल्लको संयोजकतामा गठित उक्त समितिलाई कक्षा ८ को पाठ्यपुस्तक तयारीको जिम्मेवारी तोकिएको छ ।

पाठ्यपुस्तकमा समावेश गर्ने भौगोलिक अवस्थाको बारेमा सामाग्री तयारीको लागि पन्चबहादुर केसी, ऐतिहासिक पृष्ठभुमीको लागि दुर्गाबहादुर गौतम र मोहनकुमार रोका, जनसङ्ख्याको बारेमा घनश्याम दाहाल र धनबहादुर खड्कालार्इ जिम्मेवारी तोकिएको छ ।

त्यस्तै संस्कृति पर्यटनको लागि बेगम केसी, बलबहादुर शाही र टेकबहादुर केसी, पेसा व्यवसायको अवस्थाको लागि चन्द्रबहादुर मल्ल, मानबहादुर बस्नेत र नबिन कुमार शर्मा, सामाजिक मुल्य मान्यताका विषयमा कलु खड्का र भिमु शाही लाइ जिम्मेवारी दिइएको छ ।

पाठ्यपुस्तक लेखन सम्बन्धी उल्लेखीत विषयवस्तु लेखन कार्य फागुन १५ गतेसम्म सम्पन्न गर्ने र बैठक बसेर प्रस्तुतिकरण गरी पाठ्यक्रमलाइ पुर्णता दिएर १५ गतेकै बैठकबाट मिति तोकेर अन्तिम रुप दिने निर्णय गरिएको छ ।

गाउँपालिका अध्यक्ष रेग्मीको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकिय अधिकृत विकास बिक्रम शाह, प्रशासकिय अधिकृत चिन्तामणी दाहाल लगाएत गाउँपालिकामा रहेका विद्यालयका विषयगत शिक्षकको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मङ्गलसिह बुढाले गर्नूभएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  २०:०१
प्रतिक्रिया दिनुहोस्