तीन तहबिच समन्वय नहुँदा समस्या (कुराकानीसहित)

काठमाडौं ५ जेठ ।

राष्ट्रियसभामा आइतबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदन पेश भएको छ । संघ प्रदेश र स्थानीय तहमा भैरहेका काममा समन्वय र समस्याबारे सुझावसहितको प्रतिवेदन समितिले रराष्ट्रियसभामा पेश गरेको हो ।

समितिले गत माघ २४ देखि यही बैशाख १२ गतेसम्म सातवटै प्रदेशमा सघं, प्रदेश र स्थानीय तहबीच विभिन्न विषयमा बहस तथा अन्तरक्रिया संचालन गरेको थियो ।

सोही कार्यक्रमका आधारमा तयार पारिएको प्रतिवेदन समिति सभापति दिलकुमारी रावल पार्वतीले पेश गरेकी हुन् ।

तीनवटै सरकारका बीचमा आवश्यक समन्वय हुन नसकेको भन्ने स्थानीय र प्रदेश सरकारका प्रतिनिधिले गुनासो गरेपछि समितिले उक्त कार्यक्रम संचालन गरेको हो ।


प्रतिवेदनमा तिनै तहका सरकार सञ्चालनका लागी कानुनी सुधार र व्यवहारीक कार्यान्वयनको पाटो सुर्धान सुझाव दिईएको समिति सभापति दिलकुमारी रावल पार्वतीले बताइन् ।

सुन्नुहोस् कुराकानीः

https://www.youtube.com/watch?v=8-9a64HsyOA&feature=youtu.be 

 

प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  २२:०५
प्रतिक्रिया दिनुहोस्