माघ ४ मा दोस्रो सिस्ने ट्रेल रेस हुदैं

  • सत्य बटाला

रुकुम पश्चिम / रुकुम पश्चिममा दोस्रो सिस्ने ट्रेल रेस प्रतियोगिता आयोजना गरिएको छ । सिस्ने ट्रेल रेस समिति रुकुम पश्चिम र सिस्ने तेक्वान्दो डोजाङ्ग आठबिसकोट नगरपालिकाले उक्त प्रतियोगिताको आयोजना गरेको हो ।

दोस्रो सिस्ने ट्रेल रेस माघ चार गते सन्चालन गरिने सिस्ने ट्रेल रेस समिति रुकुम पश्चिमका अध्यक्ष नरेश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार सिस्ने ट्रेल रेस खुला पुरुष र महिला हुने छ ।

रेस पुरुष तर्फको लागी २१ किलोमिटर र महिला तर्फको लागी १० किलोमिटरको दुरी तोकिएको छ । पुरुष तर्फको ट्रेल रेसका लागि बाँफिकोट गाउँपालिकाको छिनखेतदेखि आठबिसकोट नगरपालिकाको राडीबजार सम्म र बाँफिकोटको नदुवाबाट आठविसकोटको राडिसम्मको रुट तय गरिएको छ ।

आयोजकका अनुसार रेसमा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुलाई पुरुष तर्फ क्रमशः ६० हजार, ४० हजार र २० हजार पुरस्कार प्राप्त गर्नै छन भने महिला तर्फ क्रमशः २० हजार, १४ हजार र ८ हजार नगद र मेडलसहित पुरस्कृत गरिने छ ।

पदमार्ग प्रवर्द्धनको लागी ट्रेल रेस आयोजना गरिएको सिस्ने ट्रेल रेस समितिले जनाएको छ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्