Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राप्ती साहित्य परिषद्को वार्षिकोत्सवमा स्रष्टा सम्मान तथा रचना वाचन हुँदै

tribeni2

रुकुम पश्चिम / राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले शाखाको १५औं वार्षिक समारोह तथा रुकुम साहित्य मालाको सतवार्षिक कार्यक्रमको अवसरमा जिल्लाका चार जना स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ ।

शाखाका अध्यक्ष मनलाल ओलीका अनुसार पुस ३० गते हुने बार्षिकोत्सव समारोहमा चार जनालाई पुरस्कृत गर्न लागिएको हो ।

उहाँका अनुसार रुकुम साहित्यमाला पुरस्कारका लागि बाँफीकोट गाउँपालिका ६ का कर्ण बहादुर खत्री ‘आइडिया’, सुमुना/सुमुन साहित्य अक्षयकोष पुरस्कारबाट बाँफीकोट गाउँपालिका २ की सहनशीला खत्री र मुसिकोट नगरप्रमुख साहित्य पुरस्कारका लागि मुसिकोट नगरपालिका १३ का मेगराज खड्का र मुसिकोट नगरपालिका ११ का अमित परियारलाई छनौट गरिएको छ ।

राप्ती साहित्य परिषद्ले उक्त दिन दिन भर्चुअल माध्यामबाट स्रष्टा सम्मान तथा रचनावाचन समेत गरिने जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्