Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका चार पालिकामा माओवादीको नयाँ नेतृत्व

tribeni2

रुकुम पश्चिम / नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जिल्लाका चार ओटा पालिकामा नयाँ नेतृत्व चयन गरेको छ ।

माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोकाका अनुसार दोहोरो जिम्मेवारीको समुचित व्यवस्थापन गर्ने क्रममा चार पालिकामा नयाँ नेतृत्व चयन गरिएको हो ।

जिल्लाको चौरजहारी, मुसिकोट र आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा पार्टीको नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको हो । यस अघि पालिकाको नेतृत्वमा रहनुभएका व्यक्तिहरु जनप्रतिनिधिमा निर्वाचित भएपछि उहाँको दोहोरो जिम्मेवारी व्यवस्थापन गरिएको माओवादी केन्द्रले जनाएको छ ।

जिल्ला संयोजक रोकाका अनुसार मुसिकोट नगरपालिकाको अध्यक्षमा दलबहादुर खड्का चयन हुनुभएको छ भने बाँकी कमिटी पुरानै रहेको छ ।

यस्तै चौरजहारी नगरपालिकाको अध्यक्षमा सुदास स्वर्णकार, उपाध्यक्षमा खुम बहादुर खड्का, सपना बिष्ट, महेश स्वर्णकार, सचीवमा लाल बहादुर कटुवाल, सहसचिव लाल बहादुर बिष्ट र कोषाध्यक्ष अमर सिंह केसि चयन हुनुभएको छ ।

जिल्लाको आठबिसकोट नगरपालिकाको अध्यक्षमा मान बहादुर चदारा, उपाध्यक्षमा टिकाराम सुनार, धन बहादुर बस्नेत र हिरा थापा, सचिवमा मनिराज बटाला, सहसचिवमा दलजित नेपाली र कोषाध्यक्षमा गोबिन्द खड्का चयन हुनुभएको छ ।

सानीभेरी गाउँपालिकाको अध्यक्षमा धर्म पुन चयन हुनुभएको जिल्ला संयोजक रोकाले जानकारी दिनुभयो । एक व्यक्ति एक पदको नीती अनुसार नै जिल्लाका चार स्थानीय तहमा नयाँ नेतृत्व चयन गरिएको हो । यस कार्यले संगठनको थप सुदृढिकरण हुने माओवादीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्