Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरी गाउँपालिकाका सात शिक्षकको सरुवा

सूर्योदय मावि वेल्टापूमा विज्ञान प्रयोगशाला र सरस्वती मावि अर्मामा पुस्तकालय स्थापना हुने
२०७९ पुस २०
tribeni2

रुकुम पश्चिम / सानीभेरी गाउँपालिका अन्तरगतको गाउँ शिक्षा समितिले पालिका भित्रका विभिन्न विद्यालयका ७ जना शिक्षक शिक्षिकालाई सरुवा गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको गाउँ शिक्षा समितिको बैठकले जनसहयोग आधारभूत विद्यालय माथिल्लो आम्डाँडाका शिक्षकहरु कमान सिं खड्कालाई नवचन्द्रज्योति आधारभूत विद्यालय गारछालामा¸ अर्का शिक्षक हिरामणी ओलीलाई जनज्योति आधारभूत विद्यालय फुक्रुज्यूलामा¸ नवचन्द्रज्योति आधारभूत विद्यालय गारछालामा अध्यापनरत शिक्षिका सुमित्रा विष्ट डाँगीलाई दिपज्योती आधारभूत विद्यालय चौखेमा सरुवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै दिपज्योती आधारभूत विद्यालय चौखेका शिक्षक लालबिर ओलीलाई सरस्वती आधारभूत विद्यालय तल्लो आम्डाँडामा सरुवा गर्ने निर्णय गरेको छ भने सरस्वती आधारभूत विद्यालय तल्लो आम्डाँडाकी शिक्षिका कमला शर्मालाई कालिका आधारभूत विद्यलय फुक्रुमा, कालिका आधारभूत विद्यालय फुक्रुकी शिक्षिका टिका गौतम र जनज्योति आधारभूत विद्यालय फुक्रुज्युलाका शिक्षक मन्जित ओलीलाई जनसहयोग आधारभूत विद्यालय माथिल्लो आम्डाँडामा सरुवा गर्ने निर्णय गरिएको शिक्षा तथा खेलकुद शाखाका शाखा अधिकृत भूपालसिं विष्टले जानकारी दिनुभयो ।

शिक्षा समितिको बैठकले सूर्योदय मावि वेल्टापूमा विज्ञान प्रयोगशाला र सरस्वती मावि अर्मामा पुस्तकालय स्थापना गर्ने निर्णयगरेको छ । त्यस्तै सानीभेरी गाउँपालिका भित्रका विद्यालयहरुमा माघ २ गते देखि १५ गते सम्म हिउदे बिदा गर्ने¸ फाल्गुन ३ गते देखि ६ गते सम्म राष्ट्रपती रनिङ शिल्ड सञ्चालन गर्ने, कक्षा १ देखि ५ सम्मका शिक्षकहरुका लागि अंग्रेजी माध्यममा शिक्षण सम्बन्धी क्षमता विकास तालिम पौष २६ गते देखि २८ गते सम्म संचालन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले भेरीदोभान मावि चाइनाबगरमा कक्षा ९/१० को नेपाली विषयको शिक्षक र तिमिले पोखरी प्रारम्भिक बालबिकास केन्द्रमा विद्यालय सहयोगीको नयाँ दरबन्दी दिने निर्णय गरेको छ ।

सानीभेरी गाउँपालिका भित्रका कुनै पनि विद्यालयमा सट्टा शिक्षक राख्न नपाउने प्रावधानलाई कडाइका साथ कार्यान्वयन गर्ने र विभिन्न विद्यालयमा अध्यापनरत स्थायी शिक्षकहरुबाट प्रधानाध्याक हुनको लागि अभिरुची फाराम भर्न आवेदन आह्वान गर्ने समेत निर्णय गरिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्