Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विद्यालयले खरिद गरेको स्विटर नकिनेपछि विद्यार्थीहरु परिक्षा दिनबाट बञ्चित

प्रश्नपत्र नदिएर कक्षाबाट निकालिएको विद्यार्थीको आरोप
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर -३ मा रहेको स्यार्पुताल माध्यमिक विद्यालयमा गत सोमबारबाट परिक्षा चलिरहेको छ । तर, बुधबार एसइईको टेस्ट परिक्षा दिन आएका करिब २० जना विद्यार्थीले परक्षिा दिन नपाएको बताएका छन् ।

विद्यालयले खरिद गरेको स्विटर विद्यालयबाटै नकिनेको भन्दै विद्यार्थीहरुलाई परिक्षाहलबाट निकालिएको उनीहरुको भनाई छ । बुधबार विद्यालयमा गणित विषयको परिक्षा दिन आएका विद्यार्थीले प्रश्नपत्र नै नदिएर कक्षाबाट निकालिनुपरेको गुनासो गरेका छन् । कक्षा १० का करिब २० जना र कक्षा ९ का केहि विद्यार्थीहरु परिक्षा दिनबाट बञ्चित भएको विद्यार्थीहरुले जनाएका छन् ।

विद्यालयले जाडो मौसमको लागि भन्दै स्विटर खरिद गरेको थियो । विद्यालयले स्विटर खरिद गरेर विद्यार्थीलाई बेच्नु र नकिनेमा परिक्षाबाट निकालिनु अन्यायपूर्ण भएको कक्षा १० मा अध्ययनरत एक छात्रले बताए । उनले सोमबार देखि विद्यालयमा टेस्ट परिक्षा चलिरहेको र बुधबार तेस्रो दिनको परिक्षा दिन जाँदा स्विटर नकिनेको भन्दै विद्यार्थीहरु परिक्षाबाट निकालिनु परेको भन्दै आक्रोश पाखेका छन् ।

टेस्ट परिक्षा सकिएपछि कक्षा १० का विद्यार्थीहरु नियमित विद्यालय आउनुनपर्ने भएकोले स्कुल ड्रेसको स्विटर किन्न नखोजेको, किन्नै परेपनि आफू अनुकुल पसलबाट किन्न सकिने विद्यार्थीहरुको भनाई छ ।

चिसो मौसमलाई मध्यनजर गर्दै विद्यालयले विद्यार्थीहरुको लागि भन्दै स्विटर खरिद गरेको थियो । ती स्विटर विद्यालयले प्रतिगोटा ४५० देखि ६५० रुपियाँको दरले विद्यार्थीहरुलाई बिक्रि गरिरहेको बताईएको छ ।

विद्यालयको पोशाकमा एकरुपता ल्याउने निर्णय अनुसार खरिद गरिएको हो : विद्यालय प्रशासन

यस विषयमा विद्यालयका प्रधानाध्यापक चुमानसिंह बोहराले स्विटर किन्न विद्यार्थीलाई बाध्य नपारेको बताउनुभयो । विद्यालयको पोशाकमा एकरुपता ल्याउन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार र अभिभावकहरुको सहमतिमा स्विटर खरिद गरिएको तर कक्षा १० का केहि विद्यार्थीहरुले पोशाक नियमित नलगाउँदा केहि समय मात्र प्रश्न पत्र नदिएको उहाँले बताउनुभयो ।

अभिभावकसँग सल्लाह गरेर समस्या समाधान गर्छौ भन्दा केहि विद्यार्थीहरु परिक्षा नदिएर गएको उहाँले प्रतिक्रिया दिनुभयो । मङसिर महिनामा खरिद गर्ने भनेर व्यवस्थापन समितिले निर्णय गरेको र सोहि अनुसार दाङबाट एकै प्रकारको स्विटर खरिद गरिएको प्रधानाध्यापक बोहराले जानकारी दिनुभयो ।

उहाँले विद्यार्थीको पोशाकमा एकरुपता ल्याउन, शैक्षिक वातावरण सुधार गर्न त्यसो गरिएको भएतापनि गलत प्रचार हुन गएको उल्लेख गर्नुभयो ।

 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्