Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सरस्वती आधारभूत विद्यालयको अभिभावक भेला

२०७९ पुस २१
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिम सानीभेरी गाउँपालिका ८ मा रहेको सरस्वती आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न भएको हो । बुधबार वडा अध्यक्ष प्रेम बहादुर विकको संयोजकमा विद्यालयमा अभिभावक भेला भएको हो ।

अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र सामाजिक लेखा समिति गठन गरेको वडा अध्यक्ष प्रेम बहादुर विकले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेलाले देउराम बुढाथोकीको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको छ ।

त्यसैगरि इन्द्रे ओली को संयोजकतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ र विरजित विकको संयोजकमा ७ सदस्यीय सामाजिक लेखा परीक्षण समिति गठन गरेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्