Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मध्यपहाडि भासिदा दुर्घटनाको जोखिम

tribeni2

रुकुमपश्चिम /  मध्यपहाडि राजमार्ग अन्तर्गत रुकुमपश्चिम खण्डको विभिन्न स्थानमा सडक भासिएको छ । सडक भासिदा दुर्घटनाको जोखिम समेत बढेको बताईएको छ । जिल्लाको मुसीकोट नगरपालिका –६ को विभिन्न स्थानहरुमा मध्यपहाडि राजमार्ग भाँसिएको हो ।

वडाको दवाङ सागिने र रोटी लगायतका स्थानमा सडक भासिएको वडाध्यक्ष एक्कबहादुर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार सडक भाँसिदै जाँदा सवारीसाधनहरुलाई दुर्घटनाको जोखिम बढेको छ । ‘हरेक वर्ष सडक भासिदै गएको छ,’ वडाध्यक्ष पाण्डेले भन्नुभयो, ‘यसको कारण र दिर्घकालिन समाधानको उपायबारेमा बेलैमा सोच्न जरुरी छ ।’ रोटी र सागिने भन्ने स्थानमा सडकको तल्लो भागमा छहरापानी भन्ने पानीको मुहान रहेकोले माथिल्लो सडकखण्ड भासिने गरेको उहाँको भनाई छ । गत साउन महिनामा भासिएको सडक हासम्म मर्मत हुन भएको छैन । हरेक वर्ष एक/दुई मिटर गहिरो भएर सडक भासिने गरेको वडाध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

स्थानीयले उक्त क्षेत्रमा रहेको पानीको मुहानको दिर्घकालिन प्रभाव जाँच गरेर हाल सञ्चालन भैरहेकोभन्दा भित्रि भूभागबाट सडकखण्ड खोलिएमा दिगो हुने बताएका छन् । तलको भूभागमा पानीको मुहान भएकोले सडकको भूभाग भासिएको हुनसक्ने स्थानीयको दाबी छ ।

सवारी चालक सुनिल बिकले भासिएको सडकखण्डमा गाडि पार गराउन मुश्किल हुने गरेको जनाउनुभयो । भासिएको भूभागमा गाडि वारपार गराउँदा दुर्घटनाको जोखिम बढेको उहाँको भनाई छ । मोटरसाईकल, जीप, हाईस र अन्य साना गाडिहरु उक्त स्थानमा ठोक्किने गरेका छन् । अत्यन्त सावधानिपूर्वक उक्त ठाउँमा गाडि आवतजावत गर्नुपरेको चालक बिकले बताउनुभयो । भासिएको सडकखण्ड समयमै सुधार तथा मर्मत हुनुपर्ने उहाँको माग रहेको छ ।

मध्यपहाडि राजमार्ग योजना कार्यालय दैलेखले गत वर्ष भासिएको सडकखण्डको तल्लोभागमा वाल लगाएर मर्मत गरेको थियो । उक्त स्थानसहित अन्य सडकखण्ड फेरि भासिएको हो । योजना कार्यालय दैलेखका प्रमुख युवराज पोखरेलले गत वर्ष देखि नै भासिएको सडकखण्डमा मर्मतको काम भैरहेको र नयाँ भासिएको ठाउँहरुमा मर्मतका लागि ठेक्का आह्वान गरिएको जानकारी दिनुभयो । कार्यालय प्रमुख पोखरेलले दैलेखको कार्यालय क्षेत्रमा रहेको करिब १६ किलोमिटर सडकको भूभाग भासिएकोले मर्मतको लागि ठेक्का खोलिएको बताउनुभयो । ठेक्का लाग्ने बित्तिकै काम सुरु हुने उहाँले जनाउनुभयो ।

गत वर्ष पनि भासिएको रुकुमपश्चिमको सडकखण्डमा कामको जिम्मा पाएको निर्माण कम्पनीलाई तत्कालको लागि गिट्ठीहरु हालेर भएपछि सडक मर्मत गर्न निर्देशन दिएको बताईएको छ । भाँसिएको सडकखण्डको भूभागमूनि पानीको मुहान रहेको बिषयमा स्थलगत अध्ययन गरेर निश्कर्ष निकालिने कार्यालय प्रमुख पोखरेलले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्