Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीको मुख्यमन्त्रीमा राजकुमार कि यामलाल ?

दुबै जनाको दाबीमा केन्द्रको ‘ग्रीन सिग्नल’ पर्खिदै
tribeni2

सुर्खेत /  कर्णालीमा पनि नयाँ प्रदेश सरकार गठन प्रक्रिया सुरु भएको छ । बिहीबार कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले ७ दिनको समयसीमा दिएर मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् ।

प्रदेश प्रमुखले आह्वान गरेसँगै अब कर्णालीमा नयाँ मुख्यमन्त्री र सरकार बनाउन दलहरुको रस्साकस्सी सुरु भएको छ । केन्द्रमा फेरिदो गठबन्धनका कारण कर्णालीमा माओवादी वा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना छ ।

त्यसमा पनि माओवादीबाट संसदीय दलका नेता राजकुमार शर्मा र एमालेका संसदीय दलको नेता चयन भएका यामलाल कँडेल मध्ये एक जना मुख्यमन्त्री हुने पक्कापक्की छ।

कर्णाली प्रदेश माओवादीको आधार इलाका भएका कारण र माओवादीको बढी सिट भएका कारण माओवादीले आफुले मुख्यमन्त्री पाउनु पर्ने अडान लिएको छ । कर्णाली प्रदेशमा माओवादीसँग १३ सिट छ भने एमालेसँग १० सिट छ ।

दुवैको मिलाएर समग्रमा २३ सिट हुन्छ । सरकार गठन गर्न कर्णालीमा २१ सिटको आवश्यकता पर्छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा १४ सिटसहित ठूलो दल भएपनि कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने देखिन्छ ।

कर्णालीको मुख्यमन्त्री को बन्ने भन्ने भनेर टुंगो लगाउन पुस २७ गतेसम्म कुर्नैपर्नेछ । केन्द्रले जसलाई ‘ग्रीन सिग्नल’ दिन्छ, उसैको नेतृत्वमा कर्णाली प्रदेश सरकार गठन हुनेछ।

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्