Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लोक सेवा तयारी कक्षा संचालन गर्दै मुसिकोट १०

tribeni2

रुकुम पश्चिम /  एक वडाले लोक सेवा तयारी कक्षा संचालन गर्ने भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १० ले लोक सेवा आयोग तयारी कक्षा संचालन गर्ने भएको हो । वडाका नागरिकहरुको लोक सेवा तथा सरकारी सेवा प्रतिको आकर्षणलाई मध्यनजर गदै लोक सेवा आयोगको तयारी कक्षा संचालन गर्न लागेको वडा अध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक बर्ष २०७९/८० को बार्षिक स्विकृत कार्यक्रम अनुसार वडाका लक्षित समुदायको लागि १० नम्बरले निशुल्क रुपमा लोक सेवा आयोगको पुर्व तयारी कक्षा संचालन गर्न लागेको हो ।

वडाले लोक सेवाको तयारी गर्न चाहनेहरुले १० दिनभित्र वडामा आवश्यक कागजात सहित निवेदन दिन आग्रह गरेको छ ।

वडा कार्यालयका अनुसार लोक सेवाको तयारी गर्ने उम्मेद्धार १० नम्बर वडाको स्थायी बासिन्दा हुनुपर्नेछ । यस्तै कम्तिमा एस. एल.सी. अथवा एस. ई. ई. उतिर्ण गरेको र उमेर १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको हुनुपर्नेछ । महिला र अपाङगता भएकाको हकमा भने १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको हुनुपर्नेछ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्