Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिम्रुतु र झुल्नेटामा बजार अनुगमन

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिम त्रिवेणी गाउँपालिकाको सिम्रुतु र झुल्नेटा बजारमा अनुगमन गरिएको छ । बिहीबार त्रिवेणी गाउँपालिकाको आयोजनामा वडा नम्बर २ को सिम्रुतु र ३ र ६ नम्बर वडामा रहेको झुल्नेटा बजारमा अनुगमन गरिएको हो ।

सिम्रुतु र झुल्नेटा बजारमा रहेका २३० वटा पसलहरुमा अनुगमन गरिएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश कुमार केसीले बताउनुभयो । 

अध्यक्ष केसीका अनुसार अनुगमनको क्रममा कतिपय पसलमा मुल्यसूची नराखेको, दर्ता नविकरण नगरेको, करचुक्ताको कागजात नभएको साथै म्याद गुज्रिएका सामानहरु समेत फेला परेका छन ।

त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश केसीको नेतृत्वमा गरिएको अनुगमनमा उपाध्यक्ष राजकुमारी रेउले, सहायक प्रमुख जिल्ला अधिकारी प्रेम जि.एम., वडा अध्यक्षहरु लगायत सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्