Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पोबिन्द्रलाई बाल उद्धार कोषको रकम हस्तान्तरण

२०७९ पुस २२
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आपतकालीन बाल उद्धार कोषवाट एक  बालकलाई सहयोग हस्तान्तरण गरेको छ।

सानीभेरी ५ का विशाल खत्रीका ८ महिनाका छोरा पोबिन्द्र खत्रीलाई सहयोग हस्तान्तरण गरिएको हो । आगोले जलेका पोबिन्द्रलाई उपचारका लागि भनेर बाल उद्धार कोषको दश हजार रकम सहयोग गरिएको सानीभेरी गाउँपालिका बाल अधिकार अधिकृत मानविर ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसा पोबिन्द्रको हजुरआमा दर्शनी खत्रीले बिहीबार सहयोगको लागी निवेदन दिनु भएको थियो । सोही निवेदनको आधारमा बिहिबार नै आपतकालीन बाल उद्धार कोषवाट सहयोग रकम हस्तान्तरण गरिएको हो ।
एमाले

प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्