Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्नेका तीन समुदाय सुरक्षित खानेपानीयुक्त घोषणा

२०७९ पुस २३
tribeni2

रुकुम पूर्वको सिस्ने गाउँपालिकाका तीन समुदाय सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा भएका छन् ।

शनिबार गाउँपालकाको वडा नं. ५ र ६ का तीन समूदाय ढकालबारा, आलाचिउरेनी र रुमालबाराका समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो । सिस्ने गाउँपालिकाको आयोजना तथा संयुक्त राष्ट्रसंघिय बालकोष (युनिसेफ) र रुकुमेली समाज बिकास केन्द्रको आर्थिक तथा प्राबिधिक सहयोगमा खानेपानी गुणस्तर तथा सरसफाई स्वच्छता कार्यक्रम अन्तर्गत तीन समूदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।

स्वच्छ खानेपानीसमुदाय घोषणा गरिएको ढकालबारा समूदायमा ११० घरधुरी रहेका छन् भने रुमालबारामा तीन सय र आला चिउरेनीमा चार सय घरधुरी रहेका छन् । जसअन्र्तत युनिसेफको आर्थिक सहयोग तथा रुकुमेली समाज विकास केन्द्रको प्राविधिक सहयोगमा प्रत्येक समुदायका ५०/५० घरधुरीलाई धारा निर्माण गरिएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र के.सी.ले जानकारी दिनुभयो ।

निर्माण गरिएका धारामा आउने पानीको नै गुणस्तर मापन गरिएको थियो । उक्त तीन समुदायको पानीको भौतिक पारामितीमा धमिलोपन, हाइड्रोजन विभव, कुल घुलित ठोस पदार्थ, स्वाद तथा गन्ध, रासायनिक पारामितीमा आर्सेनिक, फलाम, मैगनिज, अमोलिया र फ्लोराइड र शुक्ष्म जैविकतर्फ कोलिफर्म र इकोलीको जाँच गर्दा नतिजामा सन्तुलन रहेकाले तीन समुदायलाई स्वच्छ खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।

उक्त कार्यक्रममा सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाहले समुदायको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुतीका क्रममा सुरक्षित खानेपानीयुक्त समुदाय मान्यता प्राप्त गर्ने न्युनतम १० ओटाको आधारमा पालिकाका तीन समूदायलाई घोषणा गरिएको उल्लेख गरिएको छ ।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कार्यक्रममा प्रमुख अतिथी तथा रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले मान्छेले प्रयोग गर्ने एक गिलास पानीमा पनि मानव जीवन रहने भएको हुँदा गुणस्तरयुक्त पानी हुनुपर्ने बताउनुभयो । दैनिक रुपमा पिउने पानी कत्तिको सुरक्षित छ भन्ने कुरा कुराले निकै महत्व राख्ने हुदाँ पानीलाई हेलचक्राई नगर्न प्रजिअ सुनुवारले अनुरोध गर्नुभयो ।

त्यस्तै प्रजिअ सुनुवारले सिस्ने गाउँपालिकाका तीन समूदाय सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा हुनु निकै सकारात्मक सन्देश जाने अभियान भएकाले अब दीगोपनामा पनि जोड दिनुपर्ने उल्लेख गर्नु भएको छ । खानेपानीयुक्त समुदाय घोषणाका लागि मात्र नभएर यसको दिगोपनामा पनि विशेष ध्यान दिन प्रजिअ सुनुवारले आग्रह गर्नु भएको छ ।

त्यस्तै सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले यस्ता कार्यक्रमले समुदायमा सुरक्षित वातावरण निर्माणका लागि योगदान पु¥याउने हुँदा सबै जनसमूदायलाई ब्यक्तिगत आनीबानीमा सुधार ल्याउन आग्रह गर्नुभयो । पालिकाका ८ वडाका ४२ ओटै समुदायलाई नै बिस्तारै सुरक्षित खानेपानीयुक्त पालिका घोषणा गर्ने आफ्नो लक्ष्य रहेको पनि अध्यक्ष रेग्मीले उल्लेख गर्नुभएको छ । हरेक वडाका प्रत्येक समूदायमा यस अभियानलाई विस्तार भएलगत्तै यसको संरक्षणका लागि उपभोक्ताहरुनै लागि पर्नुपर्ने उहाँले बताउनु भयो ।

घोषणा कार्यक्रममा स्वागत मन्तब्य राख्नुहुँदै गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले आफु जनप्रतिनीमिा निर्वाचित भएपछिको पहिलो काम खानेपानीमा गरेको बताउनु भयो । बर्षाको समयमा प्रयोग नै गर्न नमिल्ने गरि आउने समुदायको पानीलाई अहिले सुरक्षित खानेपानीयुक्त समूदाय घोषणा गर्न पाउँदा उहाँले खुशी व्यक्त गर्नुभयो ।

घोषणा कार्यक्रममा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्न सहयोग गर्ने संघ सस्था तथा ब्यक्तिहरु लगायत कर्मचारी र पत्रकारहरुलाई पनि सम्मान गरिएको छ । सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार, प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाह, सुरक्षा निकायका प्रतिनीधी, संघसस्थाका प्रतिनिधी लगायत खानेपानी उपभोक्ता समितीका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस २३, २०७९  २१:०१
प्रतिक्रिया दिनुहोस्