Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

घरै पुगेर सुत्केरी स्याहार खर्च दिदैं वडा अध्यक्ष धिरन

हालसम्म २२ जना सुत्केरीलाई खर्च हस्तारन्तरण
tribeni2

रुकुम पश्चिम / आफूले वडा अध्यक्षमा निर्वाचित भएपश्चात पदभार ग्रहण गर्दा घरघरमै पुगेर सुत्केरी भत्ता दिने घोषणा गर्नुभएका मुसिकोट नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धिरन सिर्पालीले उक्त कार्यलाई निरन्तरता दिईरहनुभएको छ ।

वडा अध्यक्ष सिर्पालीले आमा र नवजात शिशुको स्वास्थ्य स्याहारमा योगदान दिने उद्धेश्यले वडा सरकारले घरघरमै पुगेर सुत्केरी स्याहार खर्च प्रदान गर्ने गरेको बताउनुभयो । उहाँले हालसम्म २२ जना सुत्केरीलाई घरमै पुगेर खर्च दिएको जानकारी दिनुभयो । वडाले तीन हजार रुपियाँको दरले सुत्केरी स्याहार उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो पटक वडा नम्वर १२ जमारु गरेनाकी बिर्मा कामीलाई घरमै पुगेर सुत्केरी स्याहार खर्च उपलब्ध गराएको वडा अध्यक्ष सिर्पालीले जानकारी दिनुभयो । वडा अध्यक्ष सिर्पाली, वडा सदस्य डिल्ली बहादुर ओली महिला तथा बालबालिका विकास समिति मुसिकोट १२ अध्यक्ष तथा निवर्तमान वडा सदस्य पविता ओलि लगायतको टोलीले बिर्माको घरमा पुगेर सुत्केरी स्याहार खर्च हस्तान्तरण गरेको हो ।

आमा र नवजात शिशुको पोषण अवस्थामा सहयोग गर्न वडाले सुत्केरी स्याहार कार्यक्रम ल्याएको थियो । रकम थोरै भएतापनि स्थानीय सरकार सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्यको लागि साथमै रहेको अपनत्व दिलाउँन यो कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको वडा अध्यक्ष सिर्पालीको भनाई रहेको छ ।

 

 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्