Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटमा बर्थिङ सेन्टर स्थापना

tribeni2
  • सत्य बटाला

रुकुम पश्चिम / रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १ मा बर्थिङ सेन्टर (प्रसूति गृह) स्थापना गरिएको छ । वडा नम्बर १ मा रहेको आधारभूत स्वास्थ्य चौकीमा नयाँ भवन निर्माण गरेर आइतबारबाट बर्थिङ सेन्टर सेवा सुचारु गरिएको हो । शान्ती नेपाल रुकुम पश्चिम र कर्णाली प्रदेश मार्फत ४८ लाखमा तीन कोठे भवन निर्माण गरेर बर्थिङ सेन्टर स्थापना गरिएको बताइएको छ ।

आइतवार एक कार्यक्रमका बिच आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले उक्त बर्थिङ सेन्टरको उद्घाटन गर्नुभएको छ । उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख केसीले गर्भवतीलाई घरमै असुरक्षितरूपमा सुत्केरी हुनुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो। आधारभूत स्वास्थ्यचौकीमा हाल एक जना तालिम प्राप्त स्वास्थ्यकर्मी र नगरपालिकाले थप कर्मचारी खटाएर चौबीसै घण्टा बर्थिङ सेन्टर सञ्चालन गरिने समेत प्रमुख केसीले उल्लेख गर्नुभयो ।

नयाँ भवनमा बर्थिङ सेन्टरका लागि आवश्यक उपकरण, जनशक्ति एवं औषधिको व्यवस्थापन गरेर मात्रै बर्थिङ सेन्टर स्थापना गरिएको वडाध्यक्ष देव बहादुर घर्तीले जानकारी दिनुभयो । उक्त बर्थिङ सेन्टरमा सुत्केरी गराउन आवश्यक पर्ने बेडदेखि अन्य आवश्यक उपकरण उपलब्ध गराइएको छ ।

 

 

 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्