Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सार्वजनिक सुनुवाइ गर्दै आठबिसकोट नगरपालिका

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रमको थालनी गरेको छ । आज आइतबार वडा नम्बर १ बाट सार्वजनिक सुनुवाइ कार्यक्रमको थालनी गरेको हो ।

स्थानीय सरोकारवालाहरुको साझा उपस्थितीमा स्थानीय तहमा सुशासन र जवाफदेहिता कायम गरी असल शासनलाई बढवा दिने उद्देश्यका साथ आठबिसकोट नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न थालेको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगर कार्यपालिकाको निर्णय अनुसार माघ मसान्तसम्ममा नगर भित्रका सवै वडाहरुमा र नगरपालिका कार्यालयमा सार्वजनिक सुनुवाइ भइसक्ने छ ।

कार्यत्रममा बोल्दै प्रमुख केसीले भन्नुभयो सबै वडा तथा नगरपालिकाको पनि सार्वजनिक सुनुवाइ चालु आर्थिक बर्षको अन्त्यसम्म सम्पन्न गरिने छ। त्यसपछि निरन्तर रुपमा हरेक चौमासिकको अन्त्यमा सार्वजनिक सुनुवाइ आयोजना गर्नेछौ ।

कार्यक्रममा उठेका समस्या तथा सवालको जवाफ वडा नम्बर १ का अध्यक्ष देव बहादुर घर्तीले दिनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय भौतिक विकास, विद्युत, खानेपानी तथा सडक सम्बन्धी विभिन्न समस्याका बारेमा कार्यक्रममा छलफल भएको थियो।

उक्त कार्यक्रमको सञ्चालन पत्रकार अर्जुन बिष्टले गरेका गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सत्य बटालाले गर्नुभएको थियो । आइतबार देखि सुरु भएको सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार वडा नम्वर २ को साझेबगरमा हुने छ ।

 

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्