Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रदेशसभा सदस्य तुलसा मल्ललाई महासंघद्धारा सम्मान

tribeni2

रुकुम पश्चिम / कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्ललाई नेपाल पत्रकार महासंघ रुकुम शाखाले सम्मान तथा बधाई ज्ञापन गरेको छ । नेपाल पत्रकार महासंघको पुर्व जिल्ला कार्यसमिति सदस्य समेत रहनभुएकी मल्ललाई आज महासंघ रुकुम शाखाले सम्मान तथा बधाई ज्ञापन गरेको हो ।

प्रदेश सभा सदस्य हुनु भन्दा पहिला जिल्लाको पत्रकारिता क्षेत्रमा मल्लले पुर्याउनुभएको विभिन्न योगदानको कदर गर्दै उहाँलाई कदरपत्र मार्फत सम्मान गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा अध्यक्ष लक्ष्मण केसीले जानकारी दिनुभयो ।

कदरपत्र ग्रहण गर्दै प्रदेशसभा सदस्य मल्लले जिल्लाको हितको लागि आफुले सक्दो काम गर्ने बताउनुभयो । जिल्लाको विभिन्न समस्याहरुलाई प्रदेशसभामा उठाउने र समस्याको समाधानको लागि विशेष पहल गर्ने समेत उल्लेख गर्नुभयो ।

जिल्लामा रहेका संचार माध्यामले भोग्दै आएका समस्या आफुले जिल्लामा बसेर पत्रकारिता गर्दा अनुभव गरेको बताउदै उहाँले त्यो समस्या समधानको लागि पहल गर्ने पनि प्रतिवद्धता जाहेर गर्नुभएको छ । आफुले जिल्लामा पत्रकारिताको क्षेत्रमा गरेको कामको उच्च मुल्याङ्कन गर्दै सम्मान गरेकामा महासंघलाई धन्यवाद व्यक्त गर्दै जिल्लामा भए गरेका अन्य समस्या समाधानको लागी र पत्रकारीताको क्षेत्रको समस्या समाधानको लागी आफु लागीपर्ने बताउनुभयो ।

सम्मान तथा बधाई ज्ञापन कार्यक्रम जिल्ला स्थीत क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्