Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णाली प्रदेशको मुख्यमन्त्री राजकुमार शर्मा बन्ने पक्का !

यस्तो छ प्रदेश सरकार गठनको खाका
tribeni2


कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का राजकुमार शर्मा मुख्यमन्त्री बन्ने करिब पक्का भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले कर्णालीमा माओवादीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै शर्मा मुख्यमन्त्री बन्ने निश्चित भएको हो । पुष १३ गते बसेको माओवादीको प्रदेश कमिटीको बैठकले शर्मालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको बैठकले प्रदेश १ बाहेक छ प्रदेशका सरकार गठनको खाकामा सहमति गरेको एमाले नेता देवेन्द्र दाहालले जानकारी दिनुभयो।

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एमाले)का हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ। नेता दाहालका अनुसार प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने सहमति भएको छ। उहाँले कर्णालीमा माओवादी केन्द्रले पाँचै वर्ष सरकार चलाउने सहमति भएको बताउनुभयो। बागमती र सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको दाहालले जानकारी दिनुभयो।

यस्तै मधेश प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीले सरकारको नेतृत्व गर्नेछन्

 

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्