Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारी नगरबस जोगिनेटाबाट संचालन

२०७९ पुस २५
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको नगरबस वडा नम्बर ११ को जोगिनेटाबाट संचालन भएको छ । यसअघि वडा नम्बर १२ को जुम्लीपोखरीबाट बस लागेको भएपनि अब जोगिनेटाबाट संचालन हुने छ ।

वडा नम्बर ११ का लेकाली जनताहरुको सेवालाई मध्यनजर गदै जोगिनेटाबाट बस संचालन गरेको नगरपालिकाले बताएको छ । जोगिनेटाबाट बस संचालन भएसंगै नगरपालिका आउजाउ गर्न सहज भएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन । जोगिनेटाबाट नगरपालिकासम्म जान २७५ रुपैयाँ भाडादर कायम गरिएको छ ।

नगरपालिकाका अनुसार बस विहान ७ बजेदेखि जोगिनेटाबाट छुट्ने छ भने दिउँसो २ः ३० मा नगरपालिकाबाट छुट्ने छ ।

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्