Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रधानमन्त्रीको निर्देशनपछी मलेसियामा बन्धक भएका १३ मध्य ६ जना नेपाल फर्कदै

पहिलो लटमा फर्कनेमा रुकुमका ४ र इटहरीका २ जना
tribeni2

मलेसियामा अलपत्र परेका १३ जना नेपाली स्वदेश फर्किने भएका छन्। १३ मध्ये पहिलो लटमा ६ जना नेपाली भोली मंगलबार स्वदेश फर्किन लागेका हुन्।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ४ का ईन्द्रबहादुर ओली, टिकाराम भण्डारी, सोहि नगरपालिका ११ का टेकबहादुर केसी, सुनिल शाह र इटहरीका सुधिर कुमार पाल, कुन्दनकुमार पाल पहिलो लटमा भोली नेपाल फर्कन लागेका हुन ।

रोजगारीको सिलसिलामा मलेसिया पुगेका १३ युवाहरुलाई कम्पनीले कामबाट निकालेर बन्धक बनाएको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूको उद्धार गर्न सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिनुभएको थियो ।

उक्त निर्देशनपछि परराष्ट्र मन्त्रालय मार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क गरेको थियो। राजदूतावासले उनीहरूको उद्धार गरेको हो।

मलेसियास्थित नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारी अनुसार, पिआरएस फोरेस्ट म्यानेजमेन्ट कम्पनीमा काम गर्न गएका सबै श्रमिकहरूलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ।

दूतावासको पहलमा उनीहरूमध्ये ६ जना भोलि, १० जनवरीमा ६ जना र १३ जनवरीमा ७ जना नेपाल फर्कने भएका हुन्।

यसैगरी मलेसियाका एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरूको समस्या हल गर्न समेत पहल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

फर्किन लागेका ईन्द्रबहादुर ओलीका अनुसार नेपालको कम्पनीले आफुहरुलाई सजिलो काम र धेरै पैसा आउने भन्दै आश्वास दिलाएको र पछि मलेसिया पुग्दा जंगलको अप्ठ्यारो काममा लगाएको थियोे । उहाँका अनुसार पछि आफुहरु काम गर्न नसक्ने अवस्थामा पुगेपछि बन्धक बनाइएको थियो ।

कामबाट निकालिएका १३ नेपाली मलेशियामा अलपत्र शिर्षकमा यो भन्दा पहिले मुलपाटी डटकममा समाचार प्रकाशन गरिएको थियो ।

-यो पनि पढ्नुहोस

कामबाट निकालिएका १३ नेपाली मलेशियामा अलपत्र (mulpati.com)

प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्