Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीमा सभामुखको निर्वाचन माघ १ गते

tribeni2

सुर्खेत /  कर्णाली प्रदेश सभाको सभामुखको निर्वाचन माघ १ गते हुने भएको छ । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालका लागि सभामुखको निर्वाचन माघ १ गते दिउँसो १:०० बजे तोकिएको हो ।  

प्रदेश सभाको अधिवेशनको पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार सोमबार बसेको प्रदेश सभाको पहिलो अधिवेशनको दोस्रो बैठकले  कर्णाली प्रदेश सभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेश सभाका सभामुखको निर्वाचनको मिति तोकेको हो ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १०:०१
प्रतिक्रिया दिनुहोस्