Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अदालतबाट दोषि ठहर भएको ९ वर्षपछि पक्राउ

२०७९ पुस २६
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वका एक व्यक्ति विवाह बदर मुद्धामा ९ वर्षपछि पक्राउ परेका छन । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ४ का प्रेम दमाई विवाह बदर मुद्धामा ९ वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले रुकुम पूर्वले जानकारी दिएको छ ।

२०७० सालमा रुकुम अदालतले दमाइलाई विवाह बदर मुद्धामा दोषि ठहर गर्दै १५ दिन कैद र ५ सय रुपैंया जरिवाना सजाय सुनाएको थियो ।

प्रहरी कार्यालयका अनुसार अदालतको उक्त निर्णय पश्चात फरार रहेका दमाइलाई आइतबार रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ को छिपछिपीबाट प्रहरीले पक्राउ गरेको हो ।

कैद सजाय भुक्तानका लागि रुकुमकोट अदालतले दमाईलाई सोमबार नै जिल्ला कारागार रुकुम पश्चिममा चलान गरिसकेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्