Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गैंडाकोटमा निशुल्क रक्त परिक्षण तथा स्वास्थ्य शिबिर हुने

जेठ १० गैंडाकोट
tribeni2

गैंडाकोट जेसीज , सहज सामुदायिक अस्पताल र नगर स्वास्थ शाखा गैंडाकोट नगरपालिकाको संयुक्त आयोजना तथा एएचएफ नेपालको प्राबिधिक सहयोगमा शनिबार निशुल्क रक्त परिक्षण तथा स्वास्थ शिबिर हुने भएको छ ।

श्रीकृष्ण गण्डकी मा बि गैंडाकोट ३ ढोडेनिमा बिहान १० बजेदेखि स्वास्थ शिवीर हुने गैंडाकोट जेसिजका अध्यक्ष भानु रिमालले जानकारी दिए । सहज सामुदायिक अस्पतालका क्यान्सर विशेषज्ञ डा. भोला रौनियार नेतृत्वको टोलिले निशुल्क रक्त परिक्षण तथा स्वास्थ शिबिर गर्ने भएको हो ।

साथै स्वास्थ शिबिरमा मधुमेह , थाइराइड, दम, छाती, पेटको पनि स्वास्थ परिक्षण हुने गैंडाकोट जेसिजका उपाध्यक्ष तथा स्वास्थ शिबिर कार्यक्रमका संयोजक राजेश पौडेलले जानकारी दिए ।

साथै स्वास्थ शिबिरमा पाठेघर परिक्षण तथा लामो समयको जन्मान्तरको लागि आइयुसिडी र नरपलान्ट सेवा लिनको लागि पनि इच्छुकहरुलाइ आउनुहुन सहज सामुदायिक अस्पतालका अध्यक्ष तिर्थ रिमालले आग्रह गरेका छन् ।

स्वास्थ शिबिरको सम्पुर्ण तयारी पूरा भएको र स्थानीय बासिन्दालाई पनि सुचना मार्फत शिबिरमा सहभागी हुन आग्रह गरिएको स्वास्थ शिबिरका संयोजक पौडेलले बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  २२:०५
प्रतिक्रिया दिनुहोस्