Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भोली पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा

tribeni2

सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले पुस २७ गते पृथ्वी जयन्तीको दिन बिदा दिने निर्णय गरेको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्न पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनुपर्ने र सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको थियो ।

आज सार्वजनिक गरिएको सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रममा पनि पुस २७ गते सार्वजनिक बिदा दिने उल्लेख छ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई आजको मन्त्रिपरिषद् बैठकले पारित गरेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्