Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा ४५ विद्यालयका अंग्रेजी शिक्षकहरुलाई पेशागत तालिम

तालिम अंग्रेजी माध्यमबाट हुदैं
२०७९ पुस २६
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिम सानीभेरी गाउँपालिकामा शिक्षकको पेशागत विकासका लागी अंग्रेजी माध्यमबाट तालिम दिन थालिएको छ । पालिका भित्रका ४५ वटा आधारभूत तहका विद्यालयका अंग्रेजी शिक्षकहरुलाई ३ दिने अंग्रेजी माध्यमको तालिम दिन थालिएको हो ।

मंगलबार एक कार्यक्रमका बित सानिभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले उक्त तालिमको उद्घाटन गर्नुभएको हो । सानिभेरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा आधारभूत तहका शिक्षकहरुलाई उक्त पेशागत तालिम प्रदान गर्न थालिएको शिक्षा यूवा तथा खेलकुद शाखाका शाखा अधिकृत भूपाल सिं विष्टले जालनकारि दिनुभयो ।

उहाँका अनुसार आधरभूत तहका विद्यार्थीलाई अंग्रेजी माध्यमबाट पठन पाठन गराउन र शिक्षामा सूचना तथा सञ्चार प्रविधिको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

सानिभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टको अध्यक्षता र प्रविधिक सहायक प्रेम बहादुर विष्टको संचालनमा रहेको तालिम उद्घाटन कार्यक्रममा उपाध्यक्ष कमला रोका¸ प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकी¸ शिक्षा यूवा तथा खेलकुद शाखाका शाखा अधिकृत भूपाल सिं विष्ट लगाएतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्