रोहित घिमिरेको ‘सान्बाबु’ले लोकप्रियता कमाउँदै (भिडियो सहित)

काठमाडौं । गीतकार रोहित घिमिरेको ‘सान्बाबु’ले अहिले बजारमा लोकप्रियता हाँसिल गरेको छ ।

घिमिरेको रचना, सिएल शर्माद्वारा सङ्गीतवद्ध यस गीतमा पछिल्लो समय चर्चामा रहेकी गायिका प्रतिमा केसी र चर्चित गायक प्रबिण बेडवालको स्वर रहेको छ ।

गीत सार्वजनिक भएको छोटो समयमै पनि यो गीतले लोकप्रियता कमाएको छ । सञ्जीव बराईलीको एरेन्जर र गिटार कार्य रहेको यस गीतमा किशोर थापाको मिक्स मास्टरिङ् रहेको छ ।

प्रकाश धितालले निर्देशन गरेको यस गीतको भिडियोमा केकी अधिकारी र उमेश भट्टको अभिनय रहेको छ । उत्सव दाहालले छायांकन गरेको गीतको भिडियो सम्पादन विकास दाहालले गरेका हुन् ।

म्यूजिक भिडियोलाई डिभाइन म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यो गीतको चर्चासङ्गै गीतकार घिमिरेको लेखनले अझै उचाइ पाउने देखिन्छ ।

एक दशकको गिती लेखन यात्रामा करिब ३ दर्जन भन्दा बढी गीतहरु रेकर्डिङ गराई सकेका गीतकार घिमिरे अहिलेका व्यस्त गीतकारमा पर्छन । सङ्गीतकार सिएल शर्मासङ्गको सहकार्यमा उनले थुप्रै गीतहरु रेकर्डिङ गरी सकेका छन् र केहि रेकर्डिङ हुँदैछन ।

अन्जु पन्त, रचना रिमाल, अस्मिता अधिकारी, प्रतिमा केसी, प्रबिण बेडवाल, रवि शर्मा, शिव परीयार, प्रताप दास, प्रमोद खरेल, स्वरुप राज आचार्य, राग पौडेल लगायत चर्चित गायक÷गायिका सङ्ग काम गरी सकेका घिमिरेका अझै उत्कृष्ट गीतहरु रेकर्डिङ हुने तर्खरमा छन् ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्