Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त

tribeni2

रुकुम पश्चिम / कर्णाली प्रदेशको मुख्यमन्त्रीमा राजकुमार शर्मा नियुक्त हुनुभएको छ । शर्मा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता हुनुहुन्छ । 

संसदिय दलका २५ जना सांसदहरु मध्ये माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपाका एक र नेकपा एकीकृत समाजवादीका एक जना सांसदको समर्थनमा शर्मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

शर्मालाई आज बुधवार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । 

कर्णाली प्रदेशमा ४० जना सांसद रहेका छन् । कर्णालीमा माओवादी केन्द्र र एमालेबीच साढे दुई/ साढे दुई वर्षका दरले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

माओवादी पोलिटब्युरो सदस्य शर्मा गत मङ्सिर ४ गतेको चुनावमा रुकुम पश्चिम प्रदेश सभा (ख) बाट निर्वाचित हुनुभएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  २१:०१
प्रतिक्रिया दिनुहोस्