सोसल मिडिया
सुर्खेत/ कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका राजकुमार शर्माले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।
बुधबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका माओवादी केन्द्रका शर्माले आज शपथ लिन लाग्नु भएको हो ।
प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा आज दिउँसो ३ बजे शपथ ग्रहणका लागि समय तोकिएको छ ।
शर्मालाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।