Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्ने गाउँपालिकाको हिउँदे अधिबेशन शुरु

२०७९ पौष २८
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिकाको हिउँदे अधिवेशन सुरु भएको छ ।

पौष २७ गतेका दिन गाउँपालिकाको नयाँ प्रशासनिक भवनको हलमा गाउँ सभाको १२ औ अधिवेशन सुरु भएको हो ।

बुधबारबाट सुरु भएको अधिवेशन पौष २९ गतेसम्म चल्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास विक्रम शाहले जानकारी दिनुभएको छ ।

गाउँसभामा गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिले सभा सुभारम्भ गर्नुभएसँगै उपाध्यक्ष गोपाल रेउलेले स्वास्थ्य नीति र न्यायिक समितिको प्रतिवेदन पेश गर्नुभएको छ ।

गाउँसभाको छलफलबाट विद्यालय समिति, लेखा समिति र योजना तथा सुशासन समिति गठनको लागि सहमती प्रदान गरिने छ ।

सभामा पेश गरिएका नीति, संशोधित नयाँ पुराना कार्यक्रम र समिति गठनको लागि सहमती प्रदान गर्ने कार्य २९ गते हुने गाउँपालिका अध्यक्ष रेग्मिले बताउनुभयो । गाउँसभा २९ गते बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  ०९:०१
प्रतिक्रिया दिनुहोस्