नेभिगेशन
गीत/संगीत

दिपुको 'खतरा धेरै भो' बजारमा (भिडियो सहित)

"जाउँ भन्दा मान्दिनौ नखरा धेरै भो
अब मैले अर्कै रोज्ने खतरा धेरै भो"

गजलकार जि.एम. दिपु देपेन्द्रको शब्द सिर्जना रहेको 'खतरा धेरै भो' बोलको गजल गीत सार्वजनिक भएको छ ।

चर्चित संगीतकार तथा गायक थानेश्वर गौतमको स्वर तथा संगीत सजिएको 'खतरा धेरै भो' बोलको गीत थानेश्वर गौतम युटुब च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।

गीतमा गीता ढुंगाना, आशिष ओली र स्वाभिमान सुवेदीको अभिनय रहेको छ ।

मिठो शब्द सिर्जना, जादुमयी स्वर र कलाकारहरुको अब्बल अभिनयले गजल गीतलाई थप मिठासमय बनाएको छ । गीतले चारैतिरबाट प्रशंसा बटुल्न थालेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप गीत/संगीत