Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चितवन महोत्सवमा फाइदा एक करोड ३९ लाख

tribeni2

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा गत पुष २५ देखि माघ ५ गतेसम्म नारायणी नदी किनारमा सञ्चालन भएको चितवन महोत्सवमा एक करोड ३९ लाख रुपैयाँ फाइदा भएको छ ।

महोत्सवको आयव्यय सार्वजनिक गर्न आज नारायणगढमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सवको कुल आम्दानी तीन करोड ४४ लाख ५४ हजार रुपैयाँ भएको जनाइएको छ । आम्दानीमध्ये सबै खर्च कटाएर ६७ लाख ९९ हजार रुपैयाँ बचत भएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले जानकारी दिए ।

महोत्सवको फाइदा रकम एक करोड ३९ लाख रुपैयाँ मध्ये उद्योग वाणिज्य संघ चितवनले ५५ लाख ५५ हजार रुपैयाँ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, पाँच लाख १७ हजार रुपैयाँ गणेशधाम निर्माणसहित विभिन्न सामाजिक काममा ७१ लाख १३ हजार रुपैयाँ आर्थिक सहयोग गरेको प्रधानले बताए । १० दिनसम्म नारायणी नदी किनारमा आयोजना गरिएको सो महोत्सवले मनोरञ्जन कर वापत सरकारलाई तीन लाख ५० हजार रुपैयाँ तथा आयकर १६ लाख ९९ हजार रुपैयाँ तिरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति चितवनका उपप्रमुख मुनाकुमारी श्रेष्ठ, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरी, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् उद्योग वणिज्य संघ चितवनका पूर्व अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईलगायतले पत्रकारहरुको जिज्ञासा समाधान गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६  २२:०५
प्रतिक्रिया दिनुहोस्