Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अवैध रुपमा कटान र चिरान भईरहेको खोटेसल्लाको काठ बरामद

अवैध कार्यमा संलग्न एक जनाको पहिचान, तर फरार
tribeni2

रुकुम पश्चिममा अवैध रुपमा कटान र चिरान भईरहेको खोटेसल्लाको काठ बरामद गरिएको छ ।

डिभिजन वन कार्यालय रुकुम पश्चिम अन्तर्गत चौफा सव वन डिभिजन कार्यालयले शुक्रबार राती चौरजहारी नगरपालिका वडा नम्वर १० बाट अवैध रुपमा कटान तथा चिरान भईरहेको खोटेसल्लाको काठ बरामद गरेको हो ।

डिभिजन वन कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार खोटेसल्लाको पाँच थान गोलिया, ३४ थान चिरानी र १० थान ठुट्टा साईजको काठ बराबद गरिएको हो । रुख कटान तथा चिरान कार्यमा संलग्न एक जनाको पहिचान भएको तर भाग्न सफल भएको बताईएको छ ।

डिभिजन प्रमुख परियारले सव डिभिजन कार्यालयबाट फाईल जिल्ला आउने बित्तिकै थप अनुसन्धान गरेर अदालतमा मुद्धा दर्ता गरिने बताउनुभयो । अवैध कार्यमा संलग्न एक जनाको किटानी भैसकेकोले संलग्न थप व्यक्तिहरुको पहिचान पत्ता लगाउन सकिने उहाँले उल्लेख गर्नुभयो ।

किटानी भएका व्यक्ति बिरुद्ध गैर कानूनी रुपमा रुख कटानी तथा चिरानीको मुद्धा अघि बढाईने वन कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्