Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोटले बनायो विभिन्न योजना, बजेटको माग

tribeni2

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले वडा कार्यालय र अन्य विभिन्न योजनाको लागि कार्यपालिका बैठकबाट निर्णय गरेको छ ।

संघीय समपुरक अनुदान, संघीय विशेष अनुदान र प्रदेश विषेश अनुदानबाट पालिकामा निर्माण हुने विभिन्न योजनाको बारेमा छलफल गरेर योजना छनोट गरेर पठाउने निर्णय समेत कार्यपालिका बैठकले गरेको छ ।

गाउँपालिकाको ११ औँ कार्यपालिका बैठकबाट ३ वटा वडा कार्यालयको भवन निर्माणको लागि संघिय समपुरक अनुदानबाट वजेट माग गरिएको छ । वडा नम्वर ८, ५ र ९ को भवन निर्माणको लागि वजेट माग गर्ने निर्णय भएको गाउँकार्यपालिका प्रवक्ता प्रकाश खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार संघीय विशेष अनुदानबाट वडा नम्वर १० ठाटीको सामुदायिक स्वास्थ्य इकाइ भवन र वडा नम्वर २ को जरेमुल काँडा रुखावाङ खानेपानी योजनाको लागि वजेट माग गर्ने निर्णय भएको छ । प्रदेश समपुरक अनुदान मार्फत डोप्टे लागिम सिचाइ योजना वडा नम्वर १, किमाना सिमतारु नेटापोखरा सडक वडा नम्वर ४, जुम्ली वस्ने डावी सेसीपातल सडक वडा नं ७ को लागि वजेट माग गर्ने निर्णय भएको प्रवक्ता खत्रीले जानकारी दिनुभयो ।

प्रदेश विशेष अनुदान मार्फत दहखोला सुवाखोला रेरे दमाचौर सिचाइ योजना वडा नम्वर ६ र पोला खस्ने सर्सुकाँडा सिचाइ वडा नम्वर ३ को लागि वजेट माग गर्ने निर्णय भएको छ । त्यस्तै तत्कालिन जिल्ला विकास समितिको कार्यालय रुकुमबाट जिल्ला समन्वय समितिको कार्यालय रुकुम पश्चिममा रकम दायित्व बचत भइआएको रकम बाँफिकोट गाउँपालिकाको लागि चौविस लाख प्राप्त हुने परिपत्र भएकोले सो रकममा कृषि शाखाको भवन निर्माण गर्ने निर्णय पनि भएको छ ।

कर्णाली प्रदेश सरकारबाट हस्तान्तरित विशेष अनुदान थाग्ला खोला खानेपानी योजना वडा नं ८ को पहिलो ठेक्का कर्णाली प्रदेश समपुरक अनुदान र बाँफिकोट गाउँपालिका समपुरक अनुदानको पिपल काँडा मेलगैरी सडक योजनाबाट बचत रकम र नेपाल सरकार संघीय समपुरक अनुदान र बाँफिकोट गाउँपालिका समपुरक रकम श्रोत रहेको स्वास्थ्य चौकी भवन निर्माणको योजनाहरुलाइ बचत रकमबाट थप कामकोलागि प्राविधिक शाखाबाट लागत अनुमान डिजाइन ड्रइङ तथा वोलपत्र सम्बन्धी कागजात तयार गरी यथासक्य बोलपत्र प्रकाशन गर्ने निर्णय पनि भएको छ ।

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्