सहनशिलालाई सुमुना/सुमुन साहित्य पुरस्कार प्रदान

रुकुम पश्चिम । सुमुना/सुमुन साहित्य अक्षयकोषबाट साहित्यकार सहनशिला खत्री पुरस्कृत हुनुभएको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिम शाखाको १५औं वार्षिक समारोह तथा रुकुम साहित्य मालाको सतवार्षिक कार्यक्रमको अवसरमा खत्री सुमुना/सुमुन साहित्य अक्षयकोष पुरस्कारबाट पुरस्कृत हुनुभएको हो ।

राप्ती सहित्य परिषद जिल्ला शाखा रुकुम पश्चिममा स्थापना गरिएको उक्त अक्षयकोषबाट प्रत्येक वर्ष विभिन्न विधामा पुरस्कार वितरण गरिने गरिन्छ । गत वर्ष पत्रकारीता क्षेत्रमा पत्रकार मनिष खड्कालाई उक्त पुरस्कारबाट सम्मानित गरिएको थियो ।

यो वर्ष साहित्य क्षेत्रमा बाँफिकोट गाउँपालिका २ की सहनशिला खत्रीलाई सम्मान गरिएको परिषदका सल्लाहाकार तथा अक्षयकोष स्थापना गर्नु हुने मुकुन्द प्रशाद शर्माले जानकारी दिनुभयो । १५ हजारको कोषबाट आउने लाभांसबाट पुरस्कृत गर्ने गरिएको छ ।

प्रकाशित मिति: शनिबार, पुस ३०, २०७९  १६:०१
प्रतिक्रिया दिनुहोस्