Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

७२ जना चढेको यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना

tribeni2

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ ।

सो विमान ६८ जना यात्रुसहित चारजना चालक दल लिएर पोखराका लागि उडेको थियो । पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेकाले निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले जानकारी दिनुभयो ।

जहाज क्याप्टेन कमल केसीले उडाएकाे बताइएकाे छ । विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्