Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दुर्घटनामा परेको जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी यात्रु

tribeni2

काठमाण्डाै / पोखरामा दुर्घटनामा परेको यति एअरलाइन्सको जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ ।

जहाजमा रहेका ६८ जना यात्रुमध्ये ५३ जना नेपाली यात्रु, चार जना चालक दलका सदस्य गरी ५७ जना नेपाली नागरिक छन् । यस्तै पाँच जना भारतीय र बाँकी १० जना रुस, कोरिया, आयरल्यान्ड लगायतका देशका नागरिक रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

६८ जना यात्रु र चार जना चालक दलका सदस्यसहित काठमाण्डौबाट पोखराका लागि उडेको विमान पोखरामा अवतरण गर्ने तयारीका क्रममा सेती नदी खोँचमा खसेको हो । जहाज पूरै जलेको अवस्थामा छ । अहिले पनि उद्दारको काम चलिरहेको छ ।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १३:०१
प्रतिक्रिया दिनुहोस्