Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बिद्यार्थीलाई सडक सुरक्षा चेतना (फोटो)

काठमाडौं ११ जेठ
tribeni2

बढ्दो सडक दुर्घटना कम गर्न चेतना अभिवृद्धिका लागि मयुर नेपाल नामक संस्थाले बिद्यालय लक्षित कार्यक्रम सुरु गरेको छ । सडक सुरक्षाका बारेमा चेतना दिन बिद्यालयमा सचेतना कार्यक्रम पर्चा वितरण र र्‍याली जस्ता कार्यक्रम सञ्चालन भैरहेको संस्थाले जनाएको छ ।

मयुर नेपालले महेन्द्र राष्ट्रिय माध्यामिक विद्यालय वालुवाटारका कक्षा ५, ६ र ७ का बिद्यार्थीका लागि सचेतना कक्षा सञ्चालन गरेको छ । कार्यक्रममा महानगरिय ट्राफिक प्रहरी प्रभाग रामपथका प्रहरी निरिक्षक दामोदर भट्ट सहितको टोलीले ट्राफिक नियमका बारेमा जानकारी दिएको थियो । ५६ जना बिद्यार्थीको सहभागिता रहेको कार्यक्रममा २ जना जापानी नागरीकले आफ्नो देशको सडक सुरक्षाबारे अनुभव सुनाएका थिए ।

कार्यक्रममा मयुर नेपालका प्रमिला रिमाल र संगीता घिमिरेले सहजीकरण गरेका थिए । कार्यक्रममा सडक सुरक्षासम्बन्धी अडियो भिडियो सन्देश नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा सृजना अधिकारी , माया चौधरी, ईन्दु बस्नेत र रेश्मा बस्नेतले स्वयंसेवकका रुपमा सहयोग गरेका थिए ।

 

 

प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६  ०९:०५
प्रतिक्रिया दिनुहोस्