Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पोखरा जहाज दुर्घटना : ७२ मध्य ६९ जनाको शव भेटियो

tribeni2

कास्कीको पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसी अनुसार साँझ साढे ४ बजेसम्म ६९ जनाको शव फेला परेको हो। तीमध्ये ३४ शव गण्डकी अस्पतालमा लगिएको छ। ३२ जनाको शव प्रहरीले घटनास्थलमा संकलन गरिसकेको छ।

तीन जनाको शव फेला परे पनि निकाल्न कठिन भइरहेको एसपी केसीले जानकारी दिनुभयो। प्रहरीले क्रेनको प्रयोग गरेर पनि शव निकाल्न खोजेको थियो। तर उक्त क्रेनबाट पनि शव निकाल्न सम्भव नभएको केसीले बताउनुभयो।

यस्तै तीन जनाको अवस्था अझै अज्ञात रहेको उहाँले बताउनुभयो। उनीहरूको पनि खोजी भइरहेको छ।

आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज ११ बजे दुर्घटना भएको हो। जहाज पोखरा १५ स्थित सेती नदीको खोंचमा दुर्घटनामा परेको हो।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्