Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णाली प्रदेशको सभामुखमा एमालेकी नन्दा गुरूङ निर्वाचित

tribeni2

कर्णाली प्रदेश सभाको सभामुखमा नन्दा गुरूङ निर्वाचित हुनुभएको छ । नेकपा एमालेबाट कर्णाली प्रदेश सभा सदस्य बन्नुभएकी गुरूङ २४ मतसहित निर्वाचित हुनुभएको हो ।

आइतबार भएको निर्वाचनमा कुल सदस्यमध्ये ३८ जनाको मतदान प्रक्रियामा सहभागी रहेको थियो । प्रदेश सभाको सभामुख पदको लागि नेपाली कांग्रेसबाट खडक पोखरेल पनि उम्मेवदार दिनुभएको थियो। उहाँले १४ मत पाउनुभएको छ ।

गुरूङलाई नेकपा माओवादीका १३, एमालेका १०, राप्रपाका १ जना सांसदले मत दिनुभएको छ । कांग्रेसका पोखरेलको पक्षमा नेपाली कांग्रेसका १४ मध्ये १३ जना सांसदले भोट दिनुभएको छ ।

नेकपा एकीकृत समाजवादीका सांसद कल्याणी खड्काले पनि कांग्रेसका पोख्रेललाई मत दिनुभएको बताईएको छ । सभामुखको निर्वाचनमा नेपाली कांग्रेसलाई मत दिनुभएकी खड्का यसअघि मुख्यमन्त्री चयन गर्दा सत्ता पक्षमा जानुभएको थियो।

नेकपा एमाले, माओवादी, राप्रपा र समाजवादीको समर्थनमा माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री बन्नुभएको थियो। कर्णाली प्रदेश सभामा सहभागी स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही सभामुखको निर्वाचनमा तटस्थ बसेको जनाईएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १७:०१
प्रतिक्रिया दिनुहोस्