Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भान्जालाई काटेर मन्दिरमा रगत चढाउने मामा पक्राउ

tribeni2

सल्यान / मन्दिरमा बलिको बोका दिने र रगत चढाउने गरेको धार्मिक चलनबारे तपाई हामीलाई जानकारी भएकै हो । तर, सल्यानमा एक जनाले आफ्नै सहोदर भान्जालाई मन्दिर भित्र काटेर रगत चढाएका छन् ।

जिल्लाको बनगाड कपिण्डे नगरपालिका १० माझकाँडा बस्ने ३४ वर्षिय डम्बर पुरीले सोहि गाउँका आठ वर्षिया भिजन घर्तीको हत्या गरेका हुन् । पुरीले सहोदर भान्जाको हत्या गरेको बताईएको छ ।

सोहि वडाका वडा सदस्य नन्दलाल पुनका अनुसार आज आईतबार दिउँसो करिब २ बजे पुरीले आफ्नै घर आँगनमा रहेको मन्दिर भित्र लगेर भान्जाको हत्या गरेका हुन् । पुरीले खुर्पा प्रहार गरेर बालकको टाउको र शरिर अलग बनाएर हत्या गरेको वडा सदस्य पुनले बताउनुभयो । पुरीको मानसिक सन्तुलन ठिक नभएको बताईएको छ ।

घटनाको सूचना लगत्तै प्रहरी चौकी बनगाड, ईलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली पठाईएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

हत्या अभियोग लागेका पुरीलाई स्थानीय प्रहरीको जिम्मा लगाईदिएका छन् । पुरीले हत्या गरेर बालकको शव मन्दिर भित्रै गाडेका थिए । स्थानीयले पुरीलाई बाँधेर राखेका थिए ।

प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।

 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्