Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

न्यायको माग गर्दै खिमकलाका माइती पक्ष आन्दोलित

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर १० की खिमकला ओलीका माइती पक्षले आन्दोलन गरेका छन ।

गत पौष ८ गते राति घर नजिकैको गहुँबारीमा मृत अवस्थामा फेला परेकी १८ वर्षिय खिमकला ओलीका माईति पक्षले उनको न्यायको माग गर्दै आन्दोलन गरेका हुन । खिमकलाको आत्महत्या दुरुत्साहनको आरोपमा उनका श्रीमान दिपक खड्का पक्राउ परेका थिए । खड्का साधारण तारेखमा शुक्रबार रिहा भएपछि खिमकला माथी अन्याय भएको भन्दै माइति पक्ष आन्दोलनमा उत्रिएका हुन्

खिमकलाले आत्महत्या गरेको नभई उनका श्रीमानले हत्या गरेको आरोप माइती पक्षले लगाइरहेका छन् । आफुहरुले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा हत्या भएको किटानी दिएको भएपनि प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गरेको र अहिले पिडितलाई न्याय नदिएको मृतकका दाई मनजित ओली बताउनुभयो ।

 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्