सोसल मिडिया
रुकुम पश्चिम / नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले प्रशिक्षक सीप विकास कार्यशाला २०७९ शुभारम्भ गरेको छ । मंगलबार जिल्ला पार्टी स्कुलिङ्ग बिभागको आयोजनामा प्रशिक्षक सीप विकास कार्यशाला २०७९ शुभारम्भ भएको हो ।
पार्टीका गाउँ समिती, नगर समिति र जिल्ला सदस्यहरूलाई दर्शन, अर्थशास्त्र, संगठन, बैज्ञानिक समाजवाद लगायतका बिषयहरुमा प्रशिक्षण गराउन जिल्लामै प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले उक्त कार्यशालाको सन्चालन गर्न थालेको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोज गोविन्द रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रम बिहिबार सम्म सहिद प्रतिष्ठानको सभा हल सेरिगाँउ चल्ने छ ।
प्रशिक्षक सीप विकास कार्यशालामा जिल्लाका सवै गाउँ समिती र नगर समितीका ५/५ जनाको सहभागिता रहेको छ । तीनदिन सम्म कार्यक्रममा सहभागीहरूले प्रशिक्षणको अभ्यास गर्ने छन र त्यसको आधारमा स्कुलिङ्ग बिभाग प्रमुख लगायतको टोलीले प्रशिक्षकहरुको व्यक्तित्व विकासमा जोड दिने छ ।
प्रशिक्षक सीप विकास कार्यशाला स्कुलिङ्ग बिभाग प्रमुख बसन्त शर्माको अध्यक्षता भइरहेको छ ।