Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ऐलानी जग्गामा बनाइएका घर-टहरा भत्काउदै शारदा नगरपालिका

tribeni2

सल्यान / सल्यानको शारदा नगरपालिकाले अनाधिकृत संरचना भत्काउन सुरु गरेको छ । नगरपालिकाको वडा नम्बर १ श्रीनगरस्थित अस्थायी बसपार्क वरपरको ऐलानी जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहराहरू नगरपालिकाले आइतबारदेखि भत्काउन सुरु गरेको छ ।

आधुनिक बसपार्क निर्माणका लागि ती संरचना हटाउन ३५ दिने सूचना प्रकाशन गरे पनि सबै स्थानीयले घरटहरा नहटाएपछि नगरपालिकाले डोजर लगाई भत्काउन सुरु गरेको नगर प्रमुख प्रकाश भण्डारीले जानकारी दिनुभयो ।

अस्थायी बसपार्क वरिपरि ३५ रोपनी ऐलानी जग्गा अतिक्रमण गरी स्थानीय तथा आसपासका व्यक्तिहरू ८५ घरटहरा निर्माण गरी झन्डै तीन दशकदेखि बसोबास र ब्यापार व्यावसाय गर्दै आएका छन् । तिनै घरटहरा हटाउन शारदा नगरपालिकाले एक स्काभेटर र दुई डोजर प्रयोग गरेको हो ।


नगर प्रमुख भण्डारीका अनुसार आइतबार मात्रै दुई दर्जनभन्दा बढी घरटहरा भत्काइएको र बाँकी घरटहरा पनि डोजर लगाई भत्काउने काम भरहेको छ । कतिपय स्थानीयले भने आफैंले घरटहरा भत्काएर घरका सामग्री लिएर अन्यत्र गएका छन्।

 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्