Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रधानमन्त्री कपः एपिएफ बिजयी

काठमाडौं ११ जेठ ।
tribeni2

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले जित निकालेको छ । एपिएपफले पारस खड्का नेतृत्वको प्रदेश नम्बर तीनलाई ४१ रनले पराजित गरेको हो ।

आज भएको प्रतियोगिताको दोस्रो खेलमा एपीएफविरुद्व राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले शतकिय पारी खेलेपनि त्यो काम लागेन ।

२ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश ३ ले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय ४७ रन मात्र बनाउन सक्यो । कप्तान खड्का ४६ रनमा आउट भए । ज्ञानेन्द्रले १ सय १७ रनको शानदार शतकिय पारी खेले ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय ८८ रन बनाएको थियो ।

एपीएफका लागि सुमित महर्जन र कप्तान पृथु बास्कोटाले अर्धशतकीय इनिङ्स खेले । एपीएफको उच्च स्कोरमा सुमितले ९४ रनको योगदान दिए ।

१०३ बलको सामना गरेका सुमितले ५ चौका र ६ छक्का प्रहार गरे । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा मैदान उत्रिएको प्रदेश ३ का नन्दन कुमार यादव र जितेन्द्र ठकुरीले ३÷३ विकेट लिए ।

प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६  २०:०५
प्रतिक्रिया दिनुहोस्