Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लोकसेवा तयारी कक्षा पढाउँदै स्थानीय सरकार

२०७९ माघ ४
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वको सिस्ने गाउँपालिकाले निशूल्क रुपमा लोक सेवा तयारी कक्षा संचालन गरेको छ । गाउँपालिका भित्रका नागरिकहरुको लोक सेवा तथा सरकारी सेवा प्रतिको आकर्षणलाई मध्यनजर गदै मंगलबार देखि लोक सेवा आयोगको तयारी कक्षा संचालन गरेको गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मिले जानकारी दिनुभयो ।

उहाँका अनुसार निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका गरिब, दलित, द्वन्द्वपीडित, आदिवासी, जनजाति, सीमान्तकृतलगायतका लक्षित वर्गलाई माथि उठाउन पालिकाले लोकसेवा तयारी कक्षा पढाउन थालेको हो ।

लोक सेवाको तयारी गर्ने उम्मेद्धार सिस्ने गाउँपालिकाको स्थायी बासिन्दा हुनुपर्ने, कम्तिमा एस. एल.सी. अथवा एस. ई. ई. उतिर्ण गरेको र उमेर १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको हुनुपर्ने र महिला तथा अपाङगता भएकाको हकमा भने १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको हुनुपर्ने सुचना प्रसारण गरेको थियो सोही सुचना अनुसार १ सय ८ जनाले निवेदन दिएको गाउँपालिकाले बताएको छ । गाउँपालिकाका अनुसार लोक सेवाको तयारी कक्षा दुई महिना सम्म चल्ने छ ।

गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० को बार्षिक स्विकृत कार्यक्रम अनुसार निशुल्क रुपमा लोक सेवा आयोगको पुर्व तयारी कक्षा संचालन गरेको हो ।

 

 

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्